नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे नेकपा (एमाले) को निर्देशन अनुसार अघि बढेको आरोप लगाएका छन्।
संसद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका सांसद प्रकाशशरण महतले सभामुख घिमिरे पार्टीको निर्देशन अनुसार अघि बढेको आरोप लगाएका हुन्।
संसदीय विधिको बर्खिलाप त्यसको रक्षा गर्न बसेको सभामुखले पार्टी नेतृत्वको निर्देशनमा पुग्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
वेलमा विपक्ष दल निस्कदा पनि सभामुखले सदन सञ्चालन गर्नु संसदीय इतिहासमा सबैभन्दा अर्मयादित भएको उनले टिप्पणी गरे।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीले कुनै आक्रमण नगरेको बताए ।

Leave a Reply