आन्दोलनरत संसदका कर्मचारीहरूको माग सम्बोधनको विधि तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्त्वमा समिति गठन भएको छ।
गठित समितिमा मन्त्री गिरीसँगै संसद्का महासचिव पद्म प्रसाद पाण्डेय र अर्थसचिव मधु मरासिनीलाई जिम्मा दिइएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा आज बिहान बसेको सभामुखसहिको बैठकले ३ जनालाई माग सम्बोधनको विधि तय गर्ने जिम्मा दिएको हो।
अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसदका कर्मचारीहरू १२ दिनदेखि आन्दोलनमा छन्।
प्रकाशित मिति : २०८१ असार १० गते आइतबार








