२०८३ साउन १ , शुक्रबार

सुनको मूल्य २७ सय रुपैयाँले घट्यो



आइतबार एकैदिन सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ पुगेको हो।

यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो। जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको छ। शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतबार