२०८३ असोज ४ , आइतबार

संसद सचिवालयका कर्मचारीहरूको माग पूरा गर्न सरकारलाई आग्रह



राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सङ्घीय संसद सचिवालयका कर्मचारीहरूको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छिन्।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले सङ्घीय संसद सचिवालयका कर्मचारीहरूको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने बताएकी हुन। उनले कर्मचारीहरूले अतिरिक्त समयमा गरेको कामको भत्ता नपाएका र सरुवा पनि नहुने भन्दै उनीहरूमाथि अन्याय गर्नु नहुने बताइन।उनले कर्मचारीहरूको माग पुरा गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराइन।

प्रकाशित मिति : २०८१ असार १० गते आइतबार