२०८३ साउन १ , शुक्रबार

सिटिजन लाइफ इन्स्योरेन्सको सिटिजन बचत वृद्धि योजना सार्वजनिक



सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बचत वृद्धि योजना सार्वजनिक गरेको छ । सिटिजन बचत वृद्धि योजना एक युनिभर्सल जीवन बीमा योजना हो, जसले भविष्यको लागि बचत वृद्धिगर्ने अवसर प्रदान गर्नुका साथै मानवलाई आइपर्ने आर्थीक क्षतीबाट बीमितलाई सुरक्षा प्रदान गरी परिवारको आर्थिक भविष्य पनि सुरक्षित गर्दछ।

सबैद्वारा समान बीमाशुल्कमा खरिद गर्न सकिने यस जीवन बीमा योजना, अन्तर्राष्ट्रिय बजारमा निकै नै प्रचलित छ । यसअघिको बीमा योजनाहरुमा उमेरको आधारमा बीमा शुल्कफरक हुने गरेकोमा यस नयाँ योजनामा उमेरको कारण बीमा शुल्कफरक नहुने कम्पनीले जनाएको छ । यस योजनामा लोयल्टी रिवार्ड समेत समावेश गरिएको छ । सिटिजन लाइफ इन्स्योरेन्समा भएका उत्कृष्ट योजनाहरु मध्ये सिटिजन बचत वृद्धि योजना पनि एक हो ।

थोरै लगानी गरी धेरै लाभ उठाउन सकिने यस योजनामा सारिक हुनका लागि न्यूनतम उमेर १८ वर्ष पुगेको हुनु पर्ने छ भने अधिकतम उमेर ५५ वर्ष रहेको छ रयस योजनाको म्याचुरीटी ७० बर्षसम्ममा हुने व्यवस्था रहेको छ ।

यस योजनमा बीमाशुल्क भुक्तानी गरे वापत यस योजनाको शर्त तथा बन्देजको अधिनमा जुन घटना घटेमा भुक्तानी दिने भनिएको हो सो घटना घटेमा बीमाङ्क रकम वा अकाउन्ट भ्यालु बीमितलाई भुक्तानी गरिन्छ । बीमाङ्क रकम भन्नाले बीमालेख अन्तर्गत बीमितको मृत्यु लाभ निर्धारण गर्नका लागि बीमालेखको अनुसूचीमा उल्लेखित बीमाको रकमलाई बुझिन्छ । अकाउन्ट भ्यालु भन्नाले बीमाशुल्कबाट बीमा रक्षावरण शुल्क, प्रशासनिक खर्चहरु र बीमाशुल्कसंग सम्बन्धित खर्चहरु ९यदि भएमा० घटाई, लगानी आय र लोयल्टी रिवार्डलाई जोडी आउने संचित रकम भनेर बुझिन्छ ।

यस बीमा योजनामा न्यूनतम वार्षिक बीमा शुल्क १२ हजार रहेको र न्यूनतम बीमा अवधि १० वर्ष रहेको छ । बीमितले बीमाशुल्क एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रुपमा बुझाउन पाउने यवस्था रहेको कम्पनीले जनएको छ । कम्पनीले थप सुविधाहरु “दुर्घटनाबाट मृत्युलाभ,स्थायी पूर्ण अशक्तता लाभ, स्थायी आंशिक अशक्तता लाभ” पनि यसै योजना भित्र समावेश गरेको छ । पुराना योजनाहरुमा स्थायी पूर्ण अशक्तता हुँदा मात्र लाभ पाईन्थ्यो भने यस योजनामा स्थायी आंशिक अशक्तता हुँदा पनि लाभ पाइने व्यवस्था रहेको छ ।

कम्पनीले समान्य जनता माझ बचतको भावनालाई प्रेरित गर्न र आम जनतालाई बीमामैत्री बनाउनका लागि यस योजना ल्याएको बताएको छ । बीमा योजनाहरूले प्रदान गर्ने अतिरिक्त बचत र भविष्य(केन्द्रित लाभहरू चाहने व्यक्तिहरूको लागि यस सिटिजन बचत वृद्धि योजना एक उत्कृष्ट विकल्प हो ।यस योजनाको विस्तृत विवरण कम्पनीको वेबसाइटमा पनि उपलब्ध छ साथै यस योजना बारे थप जानकारीको लागि नजिकै रहेको सिटिजन लाइफ इन्स्योरेन्सको शाखार उपशाखा कार्यालयमा सम्पर्क गर्नुहुन कम्पनीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतबार