२०८३ साउन २ , शनिबार

दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीचको खेलमा वर्षा बाधक



आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत जारी वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।

सर विवियन रिचर्ड्स स्टेडियममा जारी खेलमा वेस्ट इन्डिजले दिएको समक्ष १३६ रनको लक्ष्यसहित मैदान उत्रेको दक्षिणअ अफ्रिकाले ब्याटिङ्ग सुरु गरेको केहीबेरमै वर्षा हुन थालेपछि अहिले खेल रोकिएको छ।

दक्षिण अफ्रिकाले २ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १५ रन जोडेको छ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको वेस्ट इन्जिडले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रन बनाएको छ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमबार