गरिमा विकास बैंकका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवामा छुट पाउने भएका छन्। शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्तासँगको समन्वयमा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने व्यवस्था बैंकले मिलाएको हो।
सम्झौतापश्चात् गरिमा विकास बैंकको डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले विभिन्न संस्थाहरूले उपलब्ध गराउने साम्रगी तथा सेवाहरूमा छुट पाउनेछन्।
यसै क्रममा अमेरिकामा आधारित कोडिङ शैक्षिक संस्थाको अधिकृत साझेदार मेन्टोरलाबेडेस्कको सेवामा अधिकतम ६० प्रतिशत, ललितपुरको पेडल साइकल हाउसमा साइकल खरिदमा अधिकतम १५ प्रतिशत, रूपन्देहीको एनजी मार्केटका वस्तु तथा सेवाहरूमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
यस किसिमको सहकार्यबाट विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ।








