संगीत दिवसको अवसरमा संस्कृति विद्यालयमा प्रसिद्ध नेपाली ब्याण्ड कुटुम्बले प्रस्तुति दिएका छन्।
कार्यक्रममा कुटुम्बले आफ्नो प्रस्तुतिमा परम्परागत बाजागाजा प्रयोग गरी मनोरञ्जन प्रदान गरेको छ। साथै कुटुम्ब ब्यान्डको सहकार्यमा संस्कृति विद्यालयले ‘स्कुल टु स्कुल’ अभियान चलाएको छ। सो अभियान जाजरकोटका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउन समर्पित रहेको जनाएको छ।
विद्यार्थीको उज्वल भविष्यको लागि बालबालिकाको शैक्षिक आवश्यकतामा सहायता प्रदान गर्नुको महत्त्वलाई जोड दिँदै विद्यालयले पनि यस योजनाको लागि ५० हजार रूपैयाँ प्रदान गरेर महत्त्वपूर्ण योगदान गरेको जनाएको छ।
प्रकाशित मिति : २०८१ असार ११ गते सोमबार








