२०८३ साउन २ , शनिबार

मेलम्चीमा पानीको सतह बढेपछि वडा नम्बर ११ को सडक अवरुद्ध



मेलम्चीमा पानीको सतह बढेपछि मेलम्ची नगरपालिका ११ मा सडक अवरुद्ध बनेको छ।

गयरातिदेखि परेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि बाटो अवरुद्ध बनेको वडा नम्बर ११ का वडा सचिव मधुविलास देवकोटाले बताए।

उनका अनुसार रातिदेखिको वर्षाका कारण मेलम्ची नगरपालिका–११ स्थित फट्टेको सडक अवरुद्ध बनेको हो।

सडक अवरुद्ध भएसँगै मेलम्ची–९ दुवाचौर, केउरानी, बरुवा, बाँसखर्कलगायतका स्थानमा यातायात ठप्प बनेका हुन्।

देवकोटाले बाटो सुचारु गर्ने विषयमा आज छलफल गरेर निर्णय गरिने पनि बताए।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमबार