२०८३ साउन २ , शनिबार

समृद्धि फाइनान्सको वार्षिकोत्सव



समृद्धि फाइनान्स मधुवन शाखाले आफ्नो पहिलो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा शाखाले वर्ष दिनको प्रगति विवरण प्रस्तुत गरेको छ।

कार्यक्रममा शाखाले स्थापनाकालदेखि हालसम्म दुई हजार एक सय ग्राहलाई आवद्ध गर्दै चार करोड ८० लाख बचत संकलन र एक करोड ४७ लाख लगनी गरेको जानकारी शाखा प्रमुख केशव पौडेलले दिए।

यसै क्रममा शाखाले आगामी दिनमा स्थानीय आवश्यकता अनुसारको कर्जालाई प्राथमिकता दिई गुणस्तरीय कर्जा लगानीमा अघि बढ्ने र बैंकिङ सेवालाई थप सशक्त बनाउन स्थानीय जनचाहना बमोजिमको कार्यलाई प्राथमिकता दिने बताएको छ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमबार