गण्डकी प्रदेशमा कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमाथिको बहस सोमबार सकिएको छ।समय अभावका कारण आइतबार मुद्दा हेर्दाहेर्दैमा गएको थियो।
मुद्दाको निर्णय आजै आउने सम्भावना भएको फणीन्द्र देवकोटाले जानकारी दिएका छन्।
यस अघि गण्डकी प्रदेशमा नेपाली कांग्रेसका मुख्य मन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि उनी विरुद्ध माओवादी केन्द्रले कारबाहीको सिफारिस गरी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल समक्ष पत्र पठाएको थियो।
पछि सभामुख धितालले उनीमाथि भएको कारबाही प्रदेशसभामा पढेर सुनाए पछि देवकोटा निलम्बित भएका थिए।तर पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले आफू माओवादी केन्द्रको सांसद नभई खाली माओवादी केन्द्रको चुनाव चिन्ह मात्र प्रयोग गरेर गोरखाबाट निर्वाचित भएको भन्दै कारबाही फिर्ता गरी पाउँ भनी सर्वोच्च अदालतमा असार ६ गते रिट दायर गरेका थिए। उनले आफू नेपाल समाजवादी पार्टीको सांसदको भन्दै आएका छन्।








