२०८३ साउन २ , शनिबार

जितपुर-सिमरा नगर सभामा तोडफोड



बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको नगरसभा विथोलिएको छ ।

नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्षको विरोध र तोडफोडपछि नगरसभा नै स्थगित भएको छ ।

बजेट पेस गर्ने गरी बोलाइएको नगरसभामा एमाले र कांग्रेसका केही वडाध्यक्षले नगर प्रमुख राजन पौडेल प्रवेश गर्नेवित्तिकै विरोध गरेका थिए ।

उनीहरुले नगर सभामा रहेका कुर्सी र केही टेबलसमेत तोडफोड गरेका छन् ।

उनीहरुको विरोध र तोडफोडपछि नगरसभा स्थगित गरिएको थियो ।

२०७९ सालको नगरसभा पनि एमालेका प्रतिनिधिले असहयोग गरेपछि स्थगित भएको थियो ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमबार