सुर्खेत । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि मानाविया नेपाल एजुकेशन कन्सल्टेन्सी प्रा.लि., सुर्खेतले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ हजार रुपैयाँ सहयोग गरेको छ।

विपद्का कारण ठूलो मानवीय क्षति भएकोप्रति दुःख व्यक्त गर्दै संस्थाले पीडितको सहयोगका लागि उक्त रकम प्रदान गरेको हो। साथै बाढीमा ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै संस्थाले भदौ १४ गते एक दिन शोक बिदा दिने निर्णयसमेत गरेको छ।
संस्थाका प्रबन्ध निर्देशक भुवन खरालले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले संस्थाको तर्फबाट सहयोग गरिएको जानकारी दिए।
प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार








