काठमाडौँ। स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर तीन हजार ९३० रुपैयाँ कायम भएको छ।
बुधबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार ९८० रुपैयाँ रहेको थियो। बिहीबारको कारोबारमा सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदीको मूल्यमा भने गिरावट देखिएको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बिहीबार








