२०८३ कात्तिक १२ , बिहीबार

बसबाट ओर्लिएर बाटो काट्ने क्रममा ठक्कर, ६३ वर्षीया लिलादेवीको मृत्यु



मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ७ः३० बजे ईपाबाट हेटौँडातर्फ जाँदै गरेको बा २ ख ९४३० नम्बरको बसको ठक्करबाट स्थानीय ६३ वर्षीया लिलादेवी खत्रीको मृत्यु भएको हो। प्राप्त विवरणअनुसार, बसबाट ओर्लिएकी खत्री बसको अगाडिबाट बाटो पार गर्ने क्रममा सोही बसको ठक्करमा परेकी थिइन्।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बिहीबार