२०८३ साउन २ , शनिबार

दुई लाख ४२ हजार परीक्षार्थीले मात्र कक्षा–११ पढ्न पाउने



राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

कार्यालयले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका छन्।

परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन्।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहीबार