उपसभामुख इन्दिरा राना मगरले पत्रकार भनेको लोकतन्त्रको सेनानी भएको बताएकी छिन।
क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे)ले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएकी हुन।
उपसभामुख राना मगरले पत्रकार भनेको जनतासम्म सही सूचना प्रदान गर्ने व्यक्ती भएकाले स्वतन्त्र ,मर्यादित र व्यवसायीक हुनु पर्ने धारणा राखिन। भ्रष्टाचार रहित समाज र सुशासन कायम गर्न पनि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने हुनाले पार्टी पत्रकारिताबाट व्यावसायिक पत्रकार टाढा हुनु पर्ने सुझाव पनि दिइन।
कार्यक्रममा क्रियाशील महिला पत्रकार (डब्लुडब्लुज )की कार्यबहाक अध्यक्ष संगिता लामाले अहिलेको वैकल्पिक पत्रकारिताको प्रभावले मूलधारको पत्रकारितामा समस्या परेकाले समयको माग अनुसार मूलधारका मिडिया र यसमा काम गर्ने पत्रकाहरुले आफ्नो दक्षतालाई बढाउँदै लैजानु पर्ने चुनौती रहेको धारणा राखिन।
त्यसैगरी महिला पत्रकारहरू पुनम पौडेल ,बाला अधिकारी , निर्मला शर्मा ,मन्टेश्वरी राज भण्डारी अमिका राजथला लगायतले पुराना पत्रकारहरूले आफ्नो पेसालाई टिक्न र बिकाउन अहिलेका आधुनिक प्रविधिहरूमा आफूलाई अपडेट गराउँदै लैजानु पर्ने धारणा व्यक्त गरे।
पत्रकार महिलाको नेतृत्व एवंम क्षमता विकासका लागि आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा छापा ,रेडियो , टेलिभिजन ,अनलाइन लगायत वैकल्पिक माध्यममा काम गर्ने झन्डै ३ दर्जन महिला पत्रकारहरूको सहभागिता रहेको थियो । उनीहरुले आफूले भोगेका अनुभवहरू साटा साट गरेका थिए ।








