यसपटको धान दिवस सरकारले चितवनमा मनाएको छ।
चितवनको रत्ननगर नगरपालिका-६ बछौली स्थित बछुलीमा प्रधानमन्त्री पुष्पकलम दाहालले मेसिनबाट धान रोपेर धान दिवस मनाईएको थियो।
धानमा यान्त्रिकीकरण तर्फ अग्रसर भइरहेको चितवनमा सरकारले धान दिवस मनाएको हो। धानको राम्रो सम्भावना देखेको सरकारले चितवनमा धान जोनका कार्यक्रम समेत सञ्चालन गरेको छ।
आज प्रधानमन्त्रीसंगै कृषिमन्त्री ज्वालाकुमारी साह, बामगती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकेट्टेलले समेत मेसिनबाट धान रोपेका थिए।
कार्यक्रमको आयोजना गर्नुपुर्व बाजासहित सांस्कृतिक र्याली निकालिएको थियो। सरकारले २१ औं राष्ट्रिय धान दिवसको ’जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ मनाएको छ।
तस्बिरहरू : वसन्त ढुंगाना/नागरिक
प्रकाशित मिति : २०८१ असार १६ गते शनिबार








