२०८३ कात्तिक २१ , शनिबार

पेट्रोल र डिजेलको भाउ बढ्यो



नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य बढाएको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट भाउ बढेर आए पछि निगमले पेट्रोलको भाउ लिटरमा २ रुपैयाँ र डिजेल, मट्टितेलमा ५ रुपैयाँ बढाएको हाे।

मूल्य वृद्धि भएपछि काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६७ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय ५७ रुपैयाँ कायम भएको छ। वृद्धि भएको मूल्य सोमबारबाट कार्यान्वयन हुन्छ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतबार