नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षामार्फत लचिलो नीति लिएको छ। घरजग्गा कारोबार बढ्न नसकेपछि कारोबारमा केही सहज हुने गरी समीक्षा सार्वजनिक गरेको हो। घरजग्गा खरिदका लागि लिएको कर्जा तिर्दा हेरिने आम्दानीको अनुपात राष्ट्र बैंकले ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको छ।
राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेट सर्भिस टु ग्रस इनकम रेसियो) लाई सहजीकरण गरेको हो। आम्दानी गरिरहेका र घरजग्गा खरिद गर्ने चाहना राख्नेहरूका लागि सजिलो हुने गरी नीति ल्याएको हो।
विगतमा कर्जा प्रवाह गर्दा ऋणीको कुल आम्दानीको ५० प्रतिशतका आधारमा इएमआई निर्धारण गरिँदै आएकोमा अब सो अनुपात बढाएर ७० प्रतिशत पुर्याएपछि सहज हुने भएको हो।
राष्ट्र बैंकले असल ऋणको लागि छुट्याउनु पर्ने कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) भने ०.०५ प्रतिशतले मौद्रिक नीतिमार्फत घटाएको छ। बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत रहेकोमा घटाएर १.२० प्रतिशत कायम गरेको छ। अब असल ऋणबापत गरेको कर्जा नोक्सानी व्यवस्थाबाट २० अर्ब हाराहारी रकम ऋण दिन वाणिज्य बैंकहरूलाई सहज हुनेछ।
मौद्रिक नीतिले सवारी साधनमा कर्जा बढाउन प्रोत्साहन गर्ने नीति लिएको छ। सवारी साधन कर्जा दिँदा १२५ प्रतिशत जोखिमभार राख्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी १०० प्रतिशतमा झारेको छ।
विगतमा तपाईंलाई गाडी किन्न कर्जा दिँदा बैंकले १२५ प्रतिशत जोखिमभार राख्नुपर्नेमा अब १०० प्रतिशत मात्रै राखे पुग्छ। यसले बैंकहरू सवारी साधन कर्जा दिन आकर्षित हुन सक्छन्।
आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, व्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत् राखिएको छ।
ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने भएको छ।
मौद्रिक नीतिले सवारी साधनमा कर्जा बढाउन प्रोत्साहन गरेको छ। सवारी साधन कर्जा दिँदा १२५ प्रतिशत जोखिमभार राख्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी १०० प्रतिशतमा झारेको छ। यसको अर्थ के हो भने अब तपाईंले गाडी किन्दा केही सस्तो र सहजै बैंकबाट ऋण पाउनुहुन्छ।
किनभने विगतमा तपाईंलाई गाडी किन्न कर्जा दिँदा बैंकले १२५ प्रतिशत जोखिमभार राख्नुपर्नेमा अब १०० प्रतिशत मात्रै राखे पुग्छ। यसले बैंकहरू सवारी साधन कर्जा दिन आकर्षित हुन सक्छन्। यो व्यवस्थाले बैंकहरूको पुँजी कोषमा केही राहत मिल्ने देखिन्छ।
राष्ट्र बैंकले असल ऋणको लागि छुट्याउनु पर्ने कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) ०.०५ प्रतिशतले घटाएको छ। बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरू लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत रहेकोमा समीक्षामार्फत घटाएर १.२० प्रतिशत बनाएको छ।
त्यसैगरी बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी रहेको सेयर बिक्री गर्न पाउनेबारे नयाँ व्यवस्था गर्ने भएको छ।

Leave a Reply