२०८३ साउन ३ , आइतबार

खान युनिसको पूर्वी क्षेत्रलाई खाली गर्न इजरायली सेनाको निर्देशन



इजरायली सेनाले प्यालेस्टिनी नागरिकलाई खान युनिसको पूर्वी क्षेत्रलाई खाली गर्न निर्देशन दिएको छ।

बीबीसीका अनुसार इजरायलले रकेट आक्रमण सुरु गरेपछि दक्षिणी गाजाको खान युनिसको पूर्वी भागमा रहेका प्यालेस्टिनीलाई उक्त क्षेत्र खाली गर्न निर्देशन दिएको हो।

इजरायली सेनाले पहिला अडियो सन्देश पठाएर उक्त क्षेत्र खाली गर्न भनेको थियो भने पछि सामाजीक सञ्जालमा अरबी भाषामा सन्देश प्रकाशन गरेको थियो।

इजरायलले हालसम्म उक्त क्षेत्रमा २० वटा रकेट आक्रमण गरिसकेको छ।

प्रकाशित मिति : २०८१ असार १९ गते मंगलबार