२०८३ साउन ३ , आइतबार

प्रतिपक्षी दलहरूको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने



नेपाली कांग्रेसले वर्तमान सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बोलाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दलहरूको बैठक आह्वान गरेका हुन्।

कांग्रेस सहमहामन्त्री भीष्म आङ्देम्बेले बैठक मङ्गलवार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्ने बताए।

कांगेसले बोलाएको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत दल सहभागी हुने बताइएको छ।

कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएपछि बैठकमा नयाँ सरकारमा सहभागी हुन सबै दललाई आह्वान गरिने बुझिएको छ।

प्रकाशित मिति : २०८१ असार १९ गते मंगलबार