२०८३ साउन ३ , आइतबार

सर्वोच्चले माग्यो सरकारसँग धितोपत्र बोर्डको अध्यक्ष छनौट रद्द गर्नुको कारण



सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष छनौट विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्चले सरकार र अन्य विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित मिति : २०८१ असार १९ गते मंगलबार