२०८३ साउन २ , शनिबार

सुनको मूल्य ४ सय रुपैयाँले बढ्यो



बुधबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ रहेकोमा बुधबार १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकाे छ।

यसअघि जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो।

त्यस्तै,चाँदीको मूल्य २० रुपैयाँ बढेको छ।

अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँ रहेको चाँदी आज १८२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधबार