२०८३ साउन २ , शनिबार

थमन विक हत्या प्रकरण: कौशल यादवलाई थुनामा पठाउने आदेश



सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ।

बुधबार जिल्ला अदालत महोत्तरीले विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो।

न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको छ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधबार