नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्।
कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेले मन्त्रीहरुलाई राजीनामा दिन भनेकाे थियाे। साथै एमालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएकाे छ।
प्रकाशित मिति : २०८१ असार २० गते बुधबार








