२०८३ साउन २ , शनिबार

उर्जन यु-२० का मख्य प्रशिक्षक



नेपाली राष्ट्रिय यु–२० पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्।

उनलाई एन्फाका महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले नेपाललाई अगस्ट १६ देखि २८ सम्म हुने यु–२० च्याम्पियनसिप आयोजना गर्ने जिम्मेवारी दिएको छ। काठमाडौंमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्नेछन्। यी दुईबीचको खेल १६ अगस्टमा हुनेछ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहीबार