२०८३ साउन २ , शनिबार

‘मिस्टर नेवा ११४४’ को घोषणा



राज्य मिडिया नेटवर्कले प्रतियोगितात्मक शो ‘मिस्टर नेवा ११४४’ कार्यक्रमको घोषणा गरेको छ। कम्पनीले प्रतियोगिताका लागि गत असार १७ गतेदेखि आवेदन दर्ता खुला गरेको हो।

राज्य मिडिया नेटवर्ककी कार्यक्रम निर्देशक सरला डंगोलले नेवार समुदायका युवाले ‘मिस्टर नेवा’ मा भाग लिन सक्ने बताइन्। यो प्रतियोगिता नेवा समुदायका युवाहरूका लागि आकर्षक प्लेटफर्म हुने उनको दाबी छ।

‘यो प्रतियोगिता नितान्त सांस्कृतिक उत्थान र युवाहरूको वृत्ति विकासमा लक्षित छ र उनीहरूका लागि आकर्षक प्लेटफर्म हुनेमा म विश्वस्त पनि छु’, फेसन डिजाइनर समेत रहेकी कार्यक्रम निर्देशक डंगोलले बताइन्।

यस इभेन्टमा कोरियोग्राफरका रूपमा रोजिन शाक्य रहेका छन्।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहीबार