२०८३ साउन २ , शनिबार

प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा



वर्ल्ड अक्वाटिक्स डे’ को अवसरमा नेपाल पौडी संघले आयोजना गर्ने प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रतियोगिता असार २२ र २३ गते हुँदैछ । नेपाल पौडी संघका सचिव गंगालाल गोलेका अनुसार प्रतियोगितामा ३५१ खेलाडीले विभिन्न ६५ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन ।

ललितपुरको सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हिटिङ पौडी पोखरीमा हुने प्रतियोगिता सदस्य–सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा उद्घाटन तथा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सुरु हुनेछ ।

विभिन्न उमेर समूह र खुल्ला गरी ६५ वटा विधामा खेलाइने उक्त पौडी प्रतियोगितामा सबैभन्दा कम उमेरका ८ वर्ष मुनिको उमेर समूहमा ६ वर्षका खेलाडी पनि सहभागी हुनेछन् ।

संघले खेलाडीहरुको सहजताको लागि डिजिटल रजिष्ट्रेसनको व्यवस्था गरिएसँगै विगतको प्रतियोगितामा भन्दा यो प्रतियोगितामा उलेख्य खेलाडीहरुको सहभागीता रहेको संघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहीबार