२०८३ साउन २ , शनिबार

ब्युटी पार्लरबाट लागूऔषधको कारोबार, सञ्‍चालक पक्राउ



भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थलीको एउटा ब्युटी पार्लरबाट लागूऔषध विक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

सृजना पाण्डेले संचालन गरेको श्रीदीप ब्युटी पार्लरबाट अवैधरुपमा लागू औषध राखी बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्र.नि.को कमाण्डमा ५ जनाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

चितवन भरतपुर महानगरपालिका वडा नं. ७ घर भई भक्तपुर लोकन्थली बस्ने वर्ष ४० की सृजना पाण्डेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको हो ।

उनलाई लागू औषध समेत बरामद गरी प्रहरी वृत्त ठिमीमा राखिएकोमा कार्यालयका सूचना अधिकृत राजन कार्कीले जनाए ।

उनलाई लागू औषध मुद्दामा भक्तपुर जिल्ला अदालतमा विहीबार पेश गरेको उनले जनाए । अदालतले उनलाई ५ म्याद थप भई अनुसन्धान कार्य भईरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रकाशित मिति : २०८१ असार २१ गते बिहीबार