२०८३ साउन २ , शनिबार

सुनको मूल्य एक सयले बढ्यो



शुक्रबार स्थानीय बजारमा सुनको मूल्य सुन एक सय रुपैँयाले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला एक सय रुपैँयाले बढेको हो।

बिहीबार प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैँयामा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ४४ हजार चार सय रुपैँया पुगेको छ।

यस्तै,सुन बिहीबार प्रतितोला एक लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४३ हजार सात सय निर्धारण भएको छ।

यसैबिच चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सय ६५ मा कारोबार भएकोमा आज एक हजार आठ सय ७० निर्धारण भएको छ।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रबार