२०८३ साउन २ , शनिबार

सुन गाल्ने मेसिन सहित ललितपुरबाट ५ जना पक्राउ



ललितपुर प्रहरीले सुन गाल्ने मेसिन सहित पाँच जनालाई पक्राउ गरेको छ।

शङ्कास्पद कारोबारमा संलग्न रहेको आशङ्कामा तीन भारतीय र दुई नेपाली सहित पाँच जनालाई बिहीबार पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको हो।उनीहरूको साथबाट ५० लाख नगद र सुन गाल्ने मेसिन समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेहरूमा भारतको महाराष्ट्र प्रदेश, साङ्ले जिल्ला, आडवारी थाना घर भई ललितपुर महानगरपालिका वडा नं १४ ताल्छिखेल बस्ने वर्ष २८का युवराज विभुते, वर्ष २० का विक्रम यलवर र वर्ष १८ का अभिषेख विभुते छन्।

त्यस्तै भक्तपुर सूर्य विनायक १ बिरुवा बस्ने वर्ष २० का सिद्धान्त चौलागाई र ललितपुर महालक्ष्मी८ बस्ने वर्ष २० का यसवन्त सुनार रहेका छन्।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रबार