२०८३ साउन २ , शनिबार

पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिदैन :अध्यक्ष नेपाल



नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशील बनाउनु पर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताए।

अध्यक्ष नेपालले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको बताए। उनले यसले केन्द्रमा मात्र नभई प्रदेशमा पनि प्रभाव पार्ने धारणा राखे।उनले नयाँ सरकारका काम, क्रियाकलापअनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने बताए।

यो पनि पढ्नुहोस्

एमाले लक्षित झलनाथको टिप्पणी: कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

उनले नयाँ समीकरणमा सामेल हुने पार्टीहरूसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता रहेको बताए। पुरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्ने कुरा यत्तिकै भन्न नसकिने धारणा पनि राखे।

अध्यक्ष नेपालले आफ्नो पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको जानकारी दिए।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रबार