२०८३ साउन २ , शनिबार

क्यानले सोध्यो उपाध्यक्ष सिंहसहित चार जनालाई स्पष्टीकरण



नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

बिहीबार बसेको क्यानको बैठकले उपाध्यक्ष सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

क्यानले केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरूलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा संघको निर्णय विपरीतआधारहीन कुराहरूको अन्तर्वार्ता एवं भ्रामक प्रचार गरेको भन्दै क्यानले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रबार