२०८३ साउन २ , शनिबार

सत्ता साझेदारसँग छलफलमा प्रधानमन्त्री दाहाल



प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तित राजनीतिक स्थितीबारे छलफल गर्न सत्तारूढ दलका शीर्ष नेताहरूलाई बोलाएका छन् ।

प्रधामन्त्री कार्यालय सिंहदरबारमा अहिले छलफल भइरहेको छ । छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागि छन् ।

यस्तै दाहाल सरकारलाई विश्वासको मत दिएका जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सहभागि रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

नेकपा एमालेले नेपाली कांग्रेससँग सहमति गरेर सरकारबाट विश्वासको मत फिर्ता लिएर प्रधानमन्त्री दाहाल अल्पमतमा परिसकेका छन् । यहीकारण असार २८ गते फेरी विश्वासको मत लिने तयारी समेत गरेका छन् । यहि परिपेक्ष्यमा छलफल गर्न दाहालले बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रबार