२०८३ साउन २ , शनिबार

कांग्रेस अडानपछि मधेसका मुख्यमन्त्रीले माओवादीसहित दलका मन्त्री हटाउँदै



मधेश प्रदेश सरकारका ६ जना मन्त्रीलाई हटाउन लागेका छन्। जनमत पार्टीका मुख्यमन्त्री सतिशकुमार सिंहले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट मन्त्री रहेका ६ जनाको राजीनामा मागेका छन्।

मुख्यमन्त्रीले राजीनामा मागेपछि एकीकृत समाजवादीका भूमि व्यवस्था तथा सहकारीमन्त्री गोविन्द न्यौपाने, ऊर्जा सिँचाइ तथा खानेपानीमन्त्री बेची लुंगेली, नेपाल संघीय समाजवादी पार्टीका गृह सञ्चार तथा कानुनमन्त्री विमला अन्सारी र नागरिक उन्मुक्तिका श्रम तथा यातायातमन्त्री रहेकी उर्मिला देवीसिंह चौधरीले राजीनामा दिन लागेका हुन्।

जनमत नेतृत्वमा सहभागी माओवादीका केन्द्रले राजीनामा दिन तयार छैन। माओवादीका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई राजीनामा नदिने अडानमा छन्। उनले राजीनामा नदिए मुख्यमन्त्रीले बर्खास्त गर्ने तयारी गरेको छ।

यसअघि जनमत नेतृत्वको सरकारमा सहभागी दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताएका थिए। नयाँ सत्ता समीकरणका मुख्य दला नेपाली कांग्रेसले प्रदेश सरकारबाट माओवाद र एकीकृत समाजवादीलाई हटाएपछि मात्रै विश्वासको मत दिने अडान राखेका थिए।

कांग्रेसकै अडानका कारण मुख्यमन्त्री सिंहले ती मन्त्रीहरुलाई राजीनामा दिएर मार्गप्रशस्त गर्ने भनेपछि राजीनामा दिन लागेको लागेका हुन्। चारवटा दलका ६ जना मन्त्रीले राजीनामापछि नेपाली कांग्रेस र लोसपा सहभागी हुनेछ। कांग्रेसलाई चार र लोसपालाई दुई मन्त्रालय दिने बुझिएको छ।

जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका सिंह आजै विश्वासको मत लिन लागेका छन्।

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार