२०८३ साउन १ , शुक्रबार

लोकराज र सागर पहिलो



लोकराज शाही र सागर ढकालले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा साइक्लिङ प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्। एम्पुटीमा लोकराज तथा होचा/पुड्कामा सागर पहिलो भएका हुन्। बुढानीलकण्ठमा भएको प्रतियोगिताको एम्पुटीमा गोपाल मोक्तानले रजत तथा वीरेन्द्र मुसरले कांस्य जिते।

होचा/पुड्कामा श्यामकुमार पण्डित क्षेत्रीले रजत तथा लालबहादुर खत्रीले कांस्य हात पारे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा साइक्लिङ संघको व्यवस्थापनमा भएको प्रतियोगिताको दुई स्पर्धामा ३१ खेलाडी सहभागी थिए।

पुरुष/महिला सम्मिलित दुवै स्पर्धामा खेलाडीले ३.५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए। विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमाडोल्मा लामा, आयोजक संघका अध्यक्ष प्रकाश चिलुवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतबार