२०८३ साउन १ , शुक्रबार

गहवामाईको दोस्रो रथयात्रा आजबाट सुरु



पर्साको प्रसिद्ध गहवामाईको दोस्रो रथयात्रा आजबाट सुरु भएको छ।

वीरगञ्ज महानगरको ऐतिहासिक एवं धरोहरको रुपमा रहेको गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा आजबाट वृहत्त रथ यात्रा सुरु गरिएको समितिका अध्यक्ष श्याम पोखरेलले बताए।

गत वर्षदेखि सुरु भएको रथ यात्रालाई यसवर्ष निरन्तरता दिँदै थप भव्य रुपमा रथयात्रा सुरु गरिएको अध्यक्ष पोखरेलले बताए।

रथयात्राका लागि समितिले रथ भित्रको मण्डपलाई चाँदीको र काठले बनाइएको पुरानो रथलाई थप व्यवस्थित गरेको छ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतबार