२०८३ साउन १ , शुक्रबार

डा.पुरण राईको ‘अस्तु’ कथासङ्ग्रहको परिचर्चा



पुछारसिटे अभियानको आयोजनामा कथाकार डा.पुरण राईको कथासङ्ग्रह ‘अस्तु’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समिक्षक सञ्जीव पौडेलले ‘अस्तु’ कथासङ्ग्रहको समीक्षा गर्दै कथाकार पुरण राईका कथा लेखन शैली सुन्दर रहेको, ग्रामीण परिवेशलाई आधार बनाएर लेखिएका कथाहरू मौलिक रहेको, विषयवस्तुको चयन, आख्यान बुनौट शैली र प्रस्तुति प्रशंसनीय रहेको बताए।

स्रष्टा परिचय दिंदै दीपक समीपले डा. पुरण राई साहित्यका विविध विधामा उत्तिकै सबल रूपमा कलम चलाउन सक्ने क्षमता भएका लेखकको रूपमा चिनाए।

प्रमुख अतिथि साहित्यकार सरुभक्तले कथाकार राईको लेखन प्रतिभाको खुलेर प्रशंसा गरे।

कथाकार डा. पुरण राईले आफ्नो लेखन पक्षबारे बताउदै लेखकले आफ्नो समाजका लागि केही न केही योगदान दिनुपर्ने बताउँदै आफूले साहित्य लेखनको साथसाथै अनलाइन अभिलेख स्थापना गरी साहित्यको उन्नयनका लागि विविध क्रियाकलाप गर्दै आइरहेको बताए।

पुछारसिटे अभियानका सुरज उपाध्यायको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा श्रीराम अधिकारी गोर्जेले कार्यक्रम चलाएका थिए।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतबार