२०८३ साउन १ , शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस



‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) प्रतिनिधि सभामा पेस गरिएको छ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सो प्रतिवेदन पेस गरेका हुन ।

उनले भने, ‘नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०) लाई सभा समक्ष पेस गर्दछु ।’

संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतबार