२०८३ साउन १ , शुक्रबार

निरोगी वडा निर्माणको लक्ष्यमा पथरी शनिश्चरे, सुगर र प्रेसरको निशुल्क औषधि वितरण



मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले आफ्नो वडावासीका लागि व्यायामशाला निर्माण गरेको छ ।

आर्थिक वर्ष २०८० ०८१ को वडाको वार्षिक कार्यक्रम अनुसार वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउन सो खुल्ला व्यायमशाला निर्माण गरिएको वडाध्यक्ष नवीन कार्कीले जानकारी दिए। गाउँलेहरु बिहान बेलुका भेटघाट भएर सँगै व्यायाम गर्दा स्वास्थ्य हुनुका साथै समाजमा भाइचाराको समेत वृद्धि हुने वडाध्यक्ष कार्कीको विश्वास छ ।

वडाको सोमबारेमा सञ्चालनमा आएको व्यायामशाला वडा नम्बर ८ को बजेट मार्फत् निर्माण गरिएको भएपछि इच्छुक सबैले सो व्यायामशालामा निःशुल्क व्यायाम गर्न सक्ने वडाले जनाएको छ ।

वडाले निरोगी वडा निर्माणको लागि सुगर तथा प्रेसरको औषधि समेत मागको आधारमा निःशुल्क वितरण गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतबार