२०८३ साउन १ , शुक्रबार

डब्ल्यूडब्ल्यूईका दिग्गज जोन सिनाले गरे सन्यासको घोषणा



वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट (डब्ल्यूडब्ल्यूई) का दिग्गज जोन सिनाले सन्यासको घोषणा गरेका छन्। आइतवार एक भिडियो जारी गर्दै उनले आफ्नो सन्यासको घोषणा गरेका हुन्।

रेस्लिङ जगतमा आफ्नो बर्चस्व बनाएका ४७ वर्षीय जोन सिनाको सन्यासले उनका फ्यानहरू निराश बनेका छन्।

डब्ल्यूडब्ल्यूईका १६ पटकका विजेता रहेका जोन सिनाले २०२५ को कुस्ति उनको अन्तिम हुने पनि बताएका छन्।

जोन सिनाले फेबु्रअरीमा रोयल रम्बल र मार्चमा एलिमिनेशन च्याम्बर अनि लस भेगसमा आफ्नो अन्तिम डब्ल्यूडब्ल्यूई रेसलमेनिया म्याच खेल्ने छन्।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार