२०८३ साउन १ , शुक्रबार

एमाले लक्षित झाको प्रश्न: व्यापारीको घरमा गएर सहमति गर्नेले नैतिकता सिकाउने ?



राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले मध्य रातमा व्यापारीको घरमा सहमति गर्नेले हामीलाई नैतिकता सिकाउने भन्दै एमालेलाई प्रश्न गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले मध्य रातमा व्यापारीको घरमा सहमति गर्नेले नैतिकताको प्रश्न सोधेको बताएका हुन्।

उनले भने, ‘मध्य रातमा कुनै व्यापारीको घरमा सहमति गर्नुहुन्छ। उहाँकै दलका केही सांसदले हामीलाई नैतिकताको प्रश्न गर्नुहुन्छ। व्यापारीको घरमा गएर देशको भविष्यको खाका कोर्नु हुन्छ। उहाँकै दलका नेताहरुले हामीलाई नैतिकताको प्रश्न सोध्नुहुन्छ।’

प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार