२०८३ साउन १ , शुक्रबार

रास्वपा केन्द्रिय समिति बैठक जारी, महामन्त्री ढकालबारे निर्णय लिइने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठक अहिले बसिरहेको छ।

पार्टी केन्द्रिय कार्यालय बालाजुमा जारी बैठकमा अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल भइरहेको बुझिएको छ।

साथै पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही गर्ने वा निलम्बन हटाउने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

रास्वपाको गत बुधवार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई एक साताका लागि निलम्बन गरेको थियो।

प्रकाशित मिति : २०८१ असार २६ गते मंगलबार