२०८३ साउन १ , शुक्रबार

सरकारले पूर्वसांसदहरूका लागि निः शुल्क औषधोपचारको व्यवस्था गर्नुपर्छः सांसद ढकाल



प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरूलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरे।

मङ्गलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले औषधि उपचार गर्न नसक्ने पूर्वसांसदहरूलाई सरकारी अस्पतालहरूमा निःशुल्क औषधिसहित उपचारको व्यवस्था सरकारले मिलाउनुपर्छ।

उनले पूर्वसांसदहरूले देशका लागि धेरै योगदान गरेकाले उनीहरूको पनि स्वास्थ्य सुरक्षाका लागि सरकारले केही राहत दिँदा फरक नपर्ने बताए।

सांसद ढकालले पूर्वसांसदहरूले राखेका माग सम्बोधन गर्ने काममा सरकारले ढिलाई गर्न नहुने पनि बताए।

प्रकाशित मिति : २०८१ असार २६ गते मंगलबार