२०८३ साउन १ , शुक्रबार

पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पुनः संचालनमा



पाँच दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग पुनः संचालनमा आएको छ। मंगलबार दिउँसो २:१५ बजेबाट सडक पुनः सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ।

अविरल वर्षाका कारण कालिकोट जिल्लाको दहिखोला – मान्मा सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। पहिरोका कारण आएका ठूलठूला ढुङ्गाहरु पन्छाएर सडक खुलाइएको हो।

यो कामका लागि हेभी इक्वीपमेन्ट डिभिजन नेपालगंजबाट खटाइएको ह्वील एक्साभेटर (ब्रेकर) र ब्याकहो लोडर मेसिन तथा सडक डिभिजन सुर्खेतबाट थप १ वटा ब्याकहो लोडर मेसिनको प्रयोग गरिएको थियो।

प्रकाशित मिति : २०८१ असार २६ गते मंगलबार