२०८३ साउन १ , शुक्रबार

रामेछापमा जीप दुर्घटना: एक जनाको मृत्यु, ९ जना घाइते



रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप आज (मंगलबार) दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ। उक्त दुर्घटनामा नौ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन्। घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ असार २६ गते मंगलबार