एसीसी वुमन्स एसिया कपमा प्रतियोगिता २०२४ अन्तर्गतको जारी नेपाल र यूएईबीचको खेलमा नेपाल पहिलो विकेट गुमाएको छ।
नेपालेले सिता राना मगरलाई पहिलो विकेटको रुपमा गुमाएको हो। उनले १७ बलमा एक चौका सहित टिमका लागि ७ रन जोडिन। यूएईका बलर इगोदगेका बलिङमा वैष्णवे महेशले उनलाई क्याच आउट गराइन्।
हाल ६.४ ओभरको खेल चलिरहँदा नेपाल एक विकेटको क्षतिमा ४८ रन बनाएर खेलिरहेको छ। यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको युएईले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। नेपाललाई खेल जित्न ११६ रनकाे आवश्यक छ।
प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार








