२०८३ कात्तिक २९ , आइतबार

तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्ने क्रममा आइतबार पनि प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। तिहारयता सुनको मूल्य प्रतितोला १४ हजार १ सय रुपैयाँले घटिसकेको छ। तिहारअघि गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आइतबार प्रतितोला १ सय रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार ६ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ। तिहारयता चाँदीको मूल्य प्रतितोला २५५ रुपैयाँले घटेको छ। गत सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँ रहेको थियो।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार