काठमाडौं । प्रधानमन्त्री बालेन शाहले छठ पर्वको अवसरमा मैथिली भाषासहित नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले छठ पर्वले सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्। छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्।
उनले शुभकामना सन्देशमा भनेका छन्, ‘सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिबद्ध छ। छठ पर्वले हामी सबैमा सकारात्मक ऊर्जा भर्दै देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको संकल्प पूरा गर्ने प्रेरणा प्रदान गरोस्। भगवान् सूर्यदेव र छठी माताको कृपा हामी सबैमाथि सधैँ बनिरहोस्।’
प्रधानमन्त्री शाहले मैथिली भाषामा समेत शुभकामना दिँदै लेखेका छन्, ‘छैठके बहुत रास शुभकामना! दीनानाथ आ छैठ परमेश्वरी सब के जीवन में सुख, शान्ति आ समृद्धि लइथिन से कामना करैछि।’ उनको मैथिली भाषाको शुभकामना सन्देशले छठ पर्वको सांस्कृतिक तथा भाषिक महत्वलाई समेत उजागर गरेको छ।








